Make a blog

globalnepalnews

2 years ago

गजल

गजल
गजल वन अनि पाखा नयाँ हुँदै छ । मलाई हेर्ने आँखा नयाँ हुँदै छ । सायद जमाना फेरिएर हाेला गाउँ बेंशिकाे भाका नयाँ हुँदै छ । प्रविधिको विकास भएर हाेला दिल चाेर्ने डाका नयाँ हुँदै छ । ओसारपसार गर्न पिरतिकाे कुम्लो याे दिलकाे नाका नयाँ हुँदै छ । सफा सुन्दर दिलकाे बगैंचामा डुल्ने माैरि अनि माखा नयाँ हुँदै छ । दिपेन्द्र परिवर्तित २०७१-१२-१८